१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


विराटनर महानगरको बम विस्फोटको घटना रहस्यमय बन्दै


0
Shares

ध्रुव धट्टराई (इमेज)

विराटनगर, साउन ३० । तीन दिनअघि विराटनगर महानगरपालिकाको कार्यालयमा भएको बम विस्फोटको घटना रहस्यमय बन्दै गएको छ ।

कार्यालयमा रहेको सीसीटीभीमा बम विस्फोट भएको समयअघिको रेकर्ड फुटेज फेला नपरेपछि घटना रहस्यमय बन्न पुगेको हो ।

महानगरले भने कार्यालयको मुख्यद्वारमा रहेको सीसीटीभी सन्चालनमा रहेको दाबी गर्दै आएको छ ।

महानगरको कार्यालयमा बम विस्फोट भएपछि प्रहरीले अनुसन्धानका लागि सीसी क्यामेराको रेकर्ड हेर्न ‘हार्डडिक्स’ लगेको थियो ।

तर, प्रहरी अनुसन्धानमा लगिएको हार्डडिक्समा बम विस्फोट भएको घटनाअघिको कुनै पनि रेकर्ड फेला नपरेको जनाइएको छ ।

घटनापछि ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको भएपनि उपलब्धि हासिल हुन नसकेको प्रहरीले जनाएको छ ।