Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


ताप्लेजुङ आगलागीमा सात करोड बढीको क्षति


0
Shares

ताप्लेजुङ, वैशाख २० । ताप्लेजुङ सदरमुकाम फुङलिङमा शुक्रबार राति भएको आगलागीबाट सात करोड बढीको क्षति भएको पाइएको छ ।

शनिबार संकलन गरिएको प्रारम्भिक विवरणअनुसार सात करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको छ ।

सोमध्ये व्यत्तिगत सात करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० रुपैयाँको क्षति भएको पाइएको हो ।

आगलागीले आठओटा घरहरु जलेका थिए । अन्य केही घरहरुमा आंशिक क्षति भएको थियो ।

आठ घरमा डेरा, पसल गरी बस्ने २९ परिवार विस्थापित बनेका छन् ।

आगलागीले आठओटा संस्थागत कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

पोखरेलको संयोजकत्वमा चार सदस्यीय क्षतिको विवरण संकलन गर्न समिति बनेको थियो ।

राति करिब साढे १० बजेबाट सरु भएको आगलागी शनिबार बिहानमात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

आगलागीप्रभावित परिवारलाई शनिबार रेडक्रस, फुङलिङ नगरपालिका र ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले राहत वितरण गरेका छन् भने जिल्ला विपद् व्यवस्थापन समितिले राहत दिने तयारी गरेको छ ।