पोखरा, वैशाख २० । पोखरा महानगरपालिका वडा नम्बर–९, नागढुंगानजिक रहेको फर्निचर उद्योगमा शनिबार आगलागी भएको छ ।
आगलागीबाट फर्निचरका धेरैजसो सामग्री जलेर नस्ट भएको छ ।
दमकल र पानीट्यांकरको सहायताबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।
आगलागीबाट लाखौंको क्षति पुगेको अनुमान गरिएको छ ।
नागढुंगास्थित दुर्गाप्रसाद भट्टराई र विकास क्षेत्रीले सञ्चालनमा ल्याएको फर्निचर उद्योगमा आगलागी भएको हो ।
आगलागीका कारण ८० लाख रुपैयाँ बराबरका फर्निचरका सामग्री र ३० लाखमाथिको संरचना नस्ट भएको बताइएको छ ।
आगलागीका कारण तीनओटा घरमा क्षति पुगेको छ । विद्युत् सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्