Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


‘लकडाउन’का कारण इलामका डेरी उद्योग संकटमा


0
Shares

इलाम, वैशाख २० । ‘लकडाउन’का कारण इलाममा सञ्चालित निजी डेरी उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

कृषि उत्पादन ठप्प हुँदा र उत्पादित कृषिउपजले बजार पाउन नसक्दा डेरी उद्योग पनि संकटमा परेका हुन् ।

दूध बिक्री हुने उद्योगहरु धमाधम बन्द हुने अवस्थामा पुगेपछि डेरीसँग कारोबार गर्ने इलामका एक हजारभन्दा बढी कृषक समस्यामा परेका छन् ।

डेरी उद्योगबाट उत्पादित छुर्पी, चिज, घिउ, ललिपपलगायतका वस्तु भारतसहित तेस्रो मुलुक निर्यात ठप्प भएपछि किसानलाई दूधको मूल्य तिर्न नस्कदा उद्योगहरु नै बन्द गर्नुपर्ने अवस्था भएको सञ्चालकहरुको भनाइ छ ।

इलाममा दुग्ध विकास संस्थान विराटनगरका लागि आठओटा चिस्यान केन्द्रबाट दैनिक ३५ हजार लिटर दूध संकलन हुने गरेको छ । निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दुध खपत गर्दै आएको छ ।

निजी डेरीमा मात्रै एक हजारभन्दा बढी कृषकले दूध बिक्री गर्दै आएका छन् ।

इलामका १८ ओटा चिज कारखानाले दैनिक २७ हजार लिटर दूध संकलन गर्दै आएका थिए ।

इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिकटन दूध उत्पादन हुने गरेको जनाइएको छ ।