बागलुङ, वैशाख २० । बागलुङको निसीखोला गाउँपालिकामा रहेको निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको नहर भत्किँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।
यही वैशाख ७ गते नहर भत्किँदा यहाँका एक हजार १५० घरधुरीका नागरिक अन्धकारमा बस्न बाध्य भएका हुन् ।
विद्युत् अवरुद्ध भएपछि यस क्षेत्रमा सञ्चालनमा आएका फर्निचर उद्योग, कुखुरापालक कृषक मर्कामा परेका छन् भने स्थानीयहरु सञ्चारमाध्यमको प्रयोगविहीन बनेका छन् ।
आयोजनाका म्यानेजर रामप्रसाद चालिसेले नहर भत्किएलगत्तै निर्माणलाई तीव्रता दिएपनि विद्युत् सञ्चालनमा आउन अझै एक महिना लाग्ने बताए ।









प्रतिक्रिया दिनुहोस्