-सीता पाण्डेय/ईमेज
पाल्पा । पाल्पाका राजमार्ग तथा सडकहरु सुनसान छन् । तर, पनि महत्वपूर्ण विकास निर्माणका कामहरु भने सूचारु नै छन् ।
लकडाउनको सदुपयोग गर्दै पाल्पाका दुई मुख्य राजमार्गमा सडक सुधारको काम भईरहेको छ ।
चौबिसै २४ घण्टा व्यस्त हुने पाल्पाको सडकमा लकडाउनका कारण सवारी साधन नचल्दा काम गर्न सजिलो भएको छ ।
लकडाउनको सदुपयोग गर्दै पाल्पाका दुई वटा मुख्य राजमार्गमा धमाधम सडक सुधारको काम भईरहेको छ ।
तानसेन नगरपालिकाले लकडाउन भएदेखी नै तानसेन तम्घास सडक र डिभिजन सडक कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक सुधारको कामगर्दै आएका छन् ।
दुवै सडकमा दैनिक १८ घण्टासम्म काम हुँदै आएको छ । तानसेनदेखी भैरवस्थानसम्म एक लेनको सडकलाई चौडा बनाउने, साघुरा मोड तथा घुम्तीहरु कटान गर्ने, विभिन्न स्थानमा टेवा पर्खाल लगाउने, नाली काट्ने जस्ता कामहरु भईरहेको छ ।
६३ लाख रुपैयाँमा तानसेनको ढुङ्गाखानीदेखी भैरवस्थानसम्मको तीन किलोमिटर सडक चौडा पार्ने काम अन्तिम चरणमा पुगेको छ ।
लकडाउनको समयमा सडक चौडा गर्ने काम निकै उपयुक्त भएको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही बताउँछन् ।
यस्तै डिभिजन सडक कार्यालय पाल्पाले पनि सडक तथा पुल निर्माणको काम गरिरहेको छ ।
तानसेन वुटवल सडक खण्डको गौडेपुल, कालीमाटी र चर्चरे क्षेत्रको सबैभन्दा जोखिम र खतरायुक्त घुम्ती तथा मोडहरुको कटानको काम भईरहेको छ ।
तिनाउँ खोला, दोभान खोला र कचल खोलाको पुल निर्माणको काम लकडाउनमा समेत रोकिएको छैन ।
लकडाउनको अवधिमा कालीमाटी क्षेत्रका ४ वटाभन्दा बढी जोखिमयुक्त घुम्ती कटान भईसकेको छ ।
प्रदिप कन्ट्रक्सन रुपन्देहीले २०७७ जेठ मसान्तभित्र काम सम्पन्न गर्ने गरी भ्याट बाहेक १ करोड ५ लाख ९१ हजार ६ सय २५ रुपैयामा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ ।
लकडाउनले सडकमा अत्यावश्यक बाहेकका सवारी सधान नगुड्दा काम गर्न सहज भएकाले कामलाई निरन्तरता दिएको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख मुकुन्दराज अधिकारी बताउँछन् ।
लकडाउनको समयमा सडक क्षेत्रमा काम गर्न सहज हुने भएकाले तानसेन नगरपालिका र डिभिजन सडक कार्यालय पाल्पाले कामलाई निरन्तरता दिएका हुन् । ।




प्रतिक्रिया दिनुहोस्