Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


भारतीय क्वारेन्टाइनमा बस्ने नेपालीहरुले भने: हामीमाथि विभेद भयो


0
Shares

कन्चनपुर । कञ्चनपुरको सीमावर्ती भारतीय क्वारेन्टाइनमा बस्ने नेपालीहरुले सरकारले आफूहरुमाथी विभेद गरेको गुनासो गरेका छन् ।

धार्चुलाको क्वारेन्टाइनमा बसेका नेपालीलाई सरकारले स्वदेश ल्याएपनि आफूहरुलाई नल्याएको भन्दै उनीहरुले गुनासो गरेका हुन् ।

सरकारले टनकपुर र बनबासास्थित क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई भने नेपाल भित्रिन दिएको छैन ।

सरकारले एउटै देशका नागरिकलाई विभेद गरेको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले धार्चुलाका नेपालीहरु जस्तै आफूहरु पनि नेपाल फर्कन पाउनु पर्ने माग गरेकाछन् ।

कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भने भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई दुबै देशको समझदारीमा नेपाल ल्याउने तयारी भई रहेको जानकारी दिए । बनबासा र टनकपुरस्थित क्वारेन्टाइनमा २ सय २ जना नेपालीहरु छन् ।