Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


धनगढीको विद्यालयमा एकजना मृत फेला


0
Shares

कैलाली । धनगढीको सरकारी विद्यालयमा एक जना मृत फेला परेका छन् ।

धनगढी उप–महानगरपालिका वडा नम्वर १४ को पञ्चोदय माध्यमिक विद्यालयमा एक जना मृत फेला परेका हुन् ।

सीमा प्रहरी चौकी बहुलीयाका अनुसार दाङको भालुवाङ घर भई हाल धनगढीमा काम गर्दै आएका ३० बर्षीय तिलक बुढामगरको मृत्यु भएको हो ।

राति सुतेका उनी विहान मृत भेटिएका हुन् । उनी जेसिवी चालक हुन्। प्रहरी कार्यालयका अनुसार उनले विद्यालयमै भईरहेको निर्माण कार्यमा जेसिवी चलाउँदै आएका थिए।

सीमा प्रहरी चौकी बहुलीयाका प्रहरी नायव निरिक्षक जयवहादुर सिंहले जिल्लाबाट अनुसन्धानको लागि प्रहरी टोली घटनास्थल पुगिरहेको जानकारी दिए।

Skip This