Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


घर–घरमा गइ स्वास्थ्य परीक्षण


0
Shares

काठमाडौं, वैशाख १९ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ का युवा, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुसहितका टोलीले हरेक घर–घरमा गइ स्थानीयको स्वास्थ्य परीक्षण गरेका छन् ।

परीक्षणपछि वडाबासी कसैमा ‘कोभिड–१९’ को लक्षण नभेटिएको कार्यक्रमका संयोजक प्रशान्तविक्रम सिंह झाले जानकारी गराए ।

परीक्षण गरिएका कोही–कोहीमा भने सामान्य रुघाखोकी र ज्वरो रहेको जानकारी उनले दिए ।

वडा नम्बर–७ का वडाध्यक्ष शम्भुकुमार केसीले सबैजना सजग भइ ‘लकडाउन’को पालना गरिदिन अनुरोध गर्दै लकडाउनलाई सफल पार्न सबैको सहयोग आवाश्यक पर्नेमा जोड दिए ।