
काठमाडौं । मुलुक संघीयतामा गएसँगै प्राविधिक तथा व्यावसायीक शिक्षलाई प्राथमिकतामा राख्ने नीति लिइएपनि यसका लागि विनियोजन गरेको बजेट भने घटेको छ ।
कोभिड संक्रमणको असर , सीप विकासको कार्यक्रम सञ्चालन नहुनु र विभिन्न विकास साझेदारको सहयोग अनियमित भएका कारण प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) को बजेट वृद्धिदर स्थिर भएको हो ।विगत ३ आर्थिक वर्षदेखि चालू आवासम्मको विनियोजित बजेट हेर्ने हो भने बजेट न्यून अंकमा घटेको पाइएको छ । विगत ३ वर्षमा परिषद्को बजेट ७७ कारोड रुपैयाँ घटेको देखिएको छ ।
परिषद्ले आगामी आर्थिक वर्षमा लागि आन्तरिक स्रोतको बजेट पास नगरेका कारण कुल बजेट भने अहिले सार्वजनिक गरिएको छैन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्