सिन्धुपाल्चोक, वैशाख १९ । सिन्धुपाल्चोकमा विकास निर्माणका काम सुचारु हुन थालेपछि स्थानीय तहले निर्माण सामग्री ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
सिन्धुपाल्चोक प्रवेश गर्ने मुख्य नाका बन्देउमा चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकको सहकार्यमा सवारीचालक तथा सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।
आयोजनाहरुमा तराईका जिल्लाहरुबाट निर्माण सामग्री ल्याउने गरिन्छ ।
यस्तै, मालवाहक सवारी–साधनमा पनि किटनाशक औषधि छर्किएरमात्र प्रवेश दिइने जनाइएको छ ।
विकास निर्माणका काम सुचारु हुने भएपछि मालवाहक सवारी–साधनको आवत–जावत बढेको छ ।
अन्य जिल्लाबाट आएका कामदारको ‘आरडीटी’ परीक्षण गरिएकोमा सबैको ‘नेगेटिभ’ नतिजा आएको छ ।








प्रतिक्रिया दिनुहोस्