
काठमाडौं, बैशाख १९ । लकडाउनका कारण नेपालमा रोकिएका २७ थाई नागरिक लिएर थाई एयरको जहाज बैंकक उडेको छ ।
थाई एयरको वाइडबडी जहाजले थाई नागरिक बोकेर शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककका लागि उडान भरेको विमानस्थलले जनाएको छ ।
नेपालस्थित दूतावासको समन्वयमा थाइल्याण्डका नागरिकलाई स्वदेश फर्काइएको हो । रासस
प्रतिक्रिया दिनुहोस्