
काठमाडौं, वैशाख १९ । नेपाल सुनचाँदी व्यवसायी महासंघले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि ४० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
महासंघले १५ लाख सरकारी राहत कोषमा तथा २५ लाख नगर र जिल्लामा खाद्यान्न अभाव हुन नदिनका लागि उपलब्ध गराउने निर्णय गरेको हो ।
‘लकडाउन’का कारण खाद्यान्न अभाव हुन नदिनका लागि नगर र संघमार्फत् खर्च हुनेगरी २५ लाख छुट्याएको महासंघका प्रवक्ता मनोजकुमार शाहले बताए ।
महासंघले उपलब्ध गराएको रकम ४० प्रतिशत स्थानीय तहमार्फत् खाद्यान्नकै लागिमात्र खर्च गर्र्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्