आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ! « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् !


11.622k
Shares

काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आइतबार १० रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।