सर्लाही, वैशाख १९ । सर्लाहीको सागरनाथ वन विकास परियोजनामा प्रमुखविहीन हुँदाको समस्या र कर्मचारीकै मिलेमतोमा काठ चोरीसम्बन्धी समाचार वैशाख १० मा इमेज समाचारमा प्रकाशित/प्रसारित भएलगतै संघ र प्रदेश दुवै सरकारले चासो लिएको छ ।
समाचार प्रकाशन/प्रसारणपछि संघले वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राजेन्द्र केसी र प्रदेश नम्बर–२ सरकारले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव पेम कँडेललगायतको संयुक्त टोलीले सागरनाथ वन विकास परियोजनाको स्थलगत अनुगमन तथा निरीक्षणसमेत गरेको छ र कार्यरत् क्रर्मचारीलाई कुनै गुनासो नआउने गरी काम गर्न आग्रह गरेको केसीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्