
डडेल्धुरा । लकडाउनका कारण साना व्यवसायीहरु समस्यामा परेका छन् ।
थोरै लगानी गरेर खाद्य वस्तु उत्पादन गर्दै आएका उनीहरु काम पनि बन्द भएको र उत्पादित वस्तु पनि बजारसम्म लैजान नपाएपछि समस्यामा परेका हुन् ।
दालमोठ, पाउरोटी, जुस, ससलगायतका मसला पिस्ने मिल तथा हाते उद्योगहरु अहिले प्रत्यक्ष मारमा परेका छन् ।
लकडाउनका कारण कच्चा पदार्थको अभाव पनि रोकिएको र उत्पादित वस्तु पनि गोदाममै थन्काउनु परेको उद्यमी टेकराज पाण्डेयले बताए ।
प्रतिक्रिया दिनुहोस्