-विवेक भण्डारी /ईमेज
नवलपुर । कोरोना भाइरसको संक्रमणबाट जोगिन मुलुकमा जारी लकडाउनको प्रभाव विपन्न समुदायमा बढी परेको छ ।
लकडाउनले अहिले नवलपुरका विपन्न माझी,मुसहर समुदायमा खाद्यान्न र आर्थिक अभाव देखिन थालेको हो ।
दैनिक मजदुरी गरि अफ्नो दैनिकी चलाउँदै आएका अति विपन्न माझी, मुसहर समुदायमा लकडाउन लम्बिदै जाँदा खाद्यान्न सँगै आर्थिक संकट पर्न थालेको देखिएको छ ।
दैनिक रुपमा मजदुरी गरि आफ्नो परिवार पाल्दै आएका नवलपुरका माझी, मुसहर समुदायमा अहिले मजदुरी गर्ने ठाउँमा काम नपाएपछि आर्थिक उपार्जन गर्न धौधौ भएकोे छ ।
जिल्लाको गैडाकोट, देवचुली र कावासोती क्षेत्रमा यो समुदायको बाक्लो बसोबास छ । अरुबेला काम नगरि दैनिक छाक टार्ने समस्या झैल्दै आएका विपन्न माझी समुदायमा अहिलेको लकडाउनले थप समस्या निम्त्याएको छ ।
दैनिक ५ सयदेखि १ हजार रुपैया ज्यालाबापत ल्याउने र सोही रकमले घर खर्च चलाउने महिलाहरु बढी प्रभावित भएको उनीहरुको गुनासो छ ।
स्थानीय सरकारले राहतका लागि खाद्यान्न प्रदान गरे पनि राहतको खाद्यान्न पर्याप्त नभएको र त्यसबाट दैनिकी चलाउन समस्या भएको उनीरुले बताएका छन् ।
यता जनप्रतिनिधिहरुले पनि अति विपन्न समुदायमा खाद्यान्न पुर्याउन धौधौ भएको देवचुली नगरपालिका वडा नम्बर २ का वडा सदस्य टेकबहादुर माझीले जानकारी दिए ।
लामो समयको लकडाउनले दैनिक ज्यालादारी गरि जिविकोपार्जन गर्नेलाई बढी प्रभाव पारेको छ । हुने खानेलाई भन्दा हुँदा खानेलाई लकडाउनले प्रभाव पारेको देखिन्छ ।
यस्तो समयमा स्थानीय तहले खाद्यान्नबाट वञ्चित विपन्न समुदायलाई राहतका लागि आवश्यक कार्य गर्न जरुरी देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्