३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


कोरोना कहर : विश्वभर २ लाख ३३ हजार बढीको मृत्यु, भारतमा मृत्यु हुनेको संख्या ११ सय नाघ्यो


0
Shares

एजेन्सी । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ ।

विश्वभर ३३ लाख ३० हजार बढी कोरोना संक्रमित हुँदा २ लाख ३३ हजार ८ सय १३ जनाको मृत्यु भएको छ ।

१० लाख ३९ हजार ५५ जना उपचार पछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी अमेरिकामा १० लाख ९४ हजार बढी संक्रमित हुँदा ६३ हजार ८ सय बढीको मृत्यु भएको छ ।

स्पेनमा २४ हजार ५ सय ४३ जनाको मृत्यु र २ लाख ३९ हजार बढी संक्रमित छन् । इटालीमा कोरोनाका कारण २७ हजार ९ सय बढीको मृत्यु भएको छ भने २ लाख ५ हजार बढी संक्रमित भएका छन् ।

यस्तै बेलायतमा २६ हजार ७ सय बढीको मृत्यु र १ लाख ७१ हजार बढी संक्रमित छन् । उता फ्रान्समा १ लाख ६७ हजार बढी संक्रमित हुंदा २४ हजार ३ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ ।

जर्मनीमा कोरोनाका कारण ६ हजार ६ सय बढीको मृत्यु र १ लाख ६३ हजार संक्रमित छन् । इरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ ।

यता चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने बढेको छैन । त्यहाँ ८२ हजार ८ सय बढी संक्रमित र ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाको असर बढ्दै गएको छ । त्यहां एकैदिन १८ सय नयाँ संक्रमित थपिएका छन् ।

कोरोना कारण भारतमा मृत्यु हुनेको संख्या १ हजार १ सय ५४ र संक्रमितको संख्या ३४ हजार ८ सय ६२ पुगेको छ ।

यसैगरी पाकिस्तानमा १६ हजार ४ सय बढी कोरोना संक्रमित पुष्टि हुंदा ३ सय ६१ जनाको मृत्यु भएको छ ।