
सर्लाही, वैशाख १८ । सर्लाहीलगायत देशैभरका उखु किसानले लामो समयदेखि उखु बेचेको रकम भुक्तानी पाउन सकेका छैनन् ।
उद्योगी र सरकारसँगको वार्ता भुक्तानीको आश्वासन पाएका उखु किसान अहिलेसम्म रित्तो हात बस्नुपरेको छ ।
गत पुसमा काठमाडौं आएर आन्दोलन गर्न बाध्य भएका उखु किसानले अझैसम्म पनि भुक्तानीको लागि उद्योगीको ढोका चाहार्नुपरेको छ ।
‘लकडाउन’ र महँगीले च्यापिरहेको समयमा समेत किसानले सरकारी अनुदानसमेत पाउन सकेका छैनन् ।
सर्लाहीकोे इन्दुशंकर चिनी मिलमा रौतहटको हिमालीवास जुटबेला र बाराको निजगढ क्षेत्रका किसानले बेचेको उखुको अनुदानवापतको करिब एक करोड ४१ लाख रुपैयाँ प्राप्त गर्न सकेका छैन् ।
अन्य उद्योगले पनि रकम भुक्तानी गर्न बाँकी रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख जगत थपलियाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्