Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


एफएमबाट पढाइ


0
Shares

सप्तरी, वैशाख १८ । निरन्तरको ‘लकडाउन’का कारण विद्यालयहरु बन्द भएपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एफएमबाटै कक्षा सञ्चालनमा ल्याएको छ ।

राजविराजस्थित सी–एफएमसँगको सहकार्यमा बिहीबारदेखि ‘पाठशाला अपना घरेमे’ नामक कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

एसइई परीक्षामा सहभागी हुने तथा कक्षा–९ बाट १० मा जाने विद्यार्थीहरुलाई लक्षित गरी एफएमबाट कक्षा सुरु गरिएको छ ।

विद्यार्थीहरुको पठन–पाठन पूर्णरुपमा ठप्प रहेकोले वैकल्पिक कक्षाको रुपमा एफएमबाट प्रसारण थालिएको शिक्षकहरुले जनाएका छन् ।

विद्यालयहरुमा पठन–पाठन सुचारु नभएसम्मका लागि दैनिक दुई घन्टा मातृभाषा तथा विषयअनुसार सम्बन्धित भाषामा पठन–पाठन गरिने जनाइएको छ ।