म्याग्दीमा पशुधनको क्षति बेहोरेका कृषकलाई राहत « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


म्याग्दीमा पशुधनको क्षति बेहोरेका कृषकलाई राहत


52
Shares

काठमाडौं । म्याग्दीमा पशुधनको क्षति बेहोरेका कृषकले राहत पाएका छन्।

वन्यजन्तुको आक्रमणबाट मरेका ५० पशुका धनी ३ जना कृषकले ४ लाख ६० हजार राहत पाएका हुन्। डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७८/ ७९ मा सो रकम बराबरको राहत कृषकलाई वितरण गरेको जनाएको छ।

चितुवाको आक्रमणबाट सबै भन्दा बढी क्षति बेहोर्ने कृषक मङ्गला गाउँपालिकाका छन्। वन्यजन्तु पानी र आहाराको खोजीमा मानव बस्तीमा आउने भएकाले जङ्गलमै पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।