
काठमाडौं, वैशाख १८ । भारतको राजधानी नयाँदिल्लीमा विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत् तीनजना पत्रकारमा कोरोना परीक्षणको ‘रिपोर्ट पोजिटिभ’ आएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकाअनुसार ५२९ जना पत्रकारको नमुना परीक्षण गरिएकोमा तीनजनामा रिपोर्ट पोजिटिभ आएको हो ।
मुख्यमन्त्री केजरीवालले कोरोना संक्रमण भएका पत्रकारहरुलाई स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
यसअघि, मुम्बईमा १७१ जना पत्रकारहरुमा कोरोनाको परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको थियो । संक्रमित हुनेमा विद्युतीय, छापालगायत विभिन्न सञ्चारमाध्यमहरुमा काम गर्ने पत्रकार, फोटोग्राफर र क्यामेरा पर्सन रहेका थिए ।
चेन्नईमा तमिल समाचार च्यानलमा काम गर्ने २७ जनामा पनि कोरोनाभाइरसको संक्रमण भएको थियो भने गत मार्चमा मध्य प्रदेशको भोपालमा एक पत्रकार संक्रमित पाइएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्