२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


आज पनि देशभर भारी वर्षाको सम्भावना


156
Shares

काठमाडौं । हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेको छ ।

महाशाखाका अनुसार आज बिहीबार दिउँसो देशभर सामान्य बदली रहनेछ । धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।