१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


वीरगन्जमा कोरोना संक्रमणको जोखिम बढ्यो, मुल भन्सारमा सरकारी व्यवस्थापन फितलो


0
Shares

वीरगन्ज । एकीकृत भन्सार चौकीको उदासिनताका कारण वीरगञ्जमा कोरोना संक्रमणको जोखिम बढेको छ ।

भन्सार नाका बन्द गरिए पनि वीरगञ्जको मुल भन्सारबाट प्रत्येक दिन दुई सय भारतीय मालबाहक ट्रक प्रवेश गर्दा वीरगञ्जमा कोरोनाको त्रास फैलिएको हो ।

सीमा नाकामा सरकारी व्यवस्थापन फितलो बन्दै गएको छ ।

भन्सार कार्यालयमा खटीएका सुरक्षाकर्मी, दैनिक ज्यालादारी गर्ने मजदुर संक्रमणको उच्च जोखिममा रहेर काम गरीरहेका छन् ।

आयातित मालसामान, ढुवानीका साधन र चालकबाट कोरोना संक्रमण भित्रिने सम्भावना बढ्दै गएपछि सर्वसाधरणसमेत त्रसित भएका छन् ।

भारतमा बढदै गएको संक्रमणलाई मध्यनजर गर्दे सीमामा सर्तकता बढाउन स्थास्थ्य मन्त्रालयले भन्सार कार्यालयलाई पत्रचार गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

एकीकृत भन्सार कार्यालयको मुलगेटमा, साबुन पानिले हात धुने र थर्मलगनबाट शरीरको तापक्रम नापने कार्य मात्र भइरहेको छ ।