३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


कोका कोलाबाट ८ करोड सहयोग


26
Shares

काठमाडौं, बैशाख १७ । कोका कोलाले कोरोना (कोभिड १९) विरुद्ध लड्नका लागि ८ करोड सहयोग उपलब्ध गराउने भएको छ ।

कम्पनीले फ्रन्टलाईनमा रहेका स्वास्थ्यकर्मी तथा आपतकालीन कर्मचारीलाई सहयोग गर्न लागेको हो ।

प्रभावकारी सेवा र स्वास्थ्य सेवालाई निरन्तरता दिन प्रतिबद्ध रहेको कोका—कोला अपरेशनका उपाध्यक्ष सुन्दीप बजोरियाले बताए ।

स्वास्थ्यकर्मीहरु र आपतकालिन कामदारका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि तथा प्रभावित समुदायलाई खाद्यान्न राहत सामाग्री प्रदान गरेको पनि कम्पनीले जनाएको छ ।