२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


हात्तीको आक्रमणबाट मृत्यु


0
Shares

उदयपुर, साउन ३० । उदयपुरको बेलका नगरपालिका–३ सप्तकोसी नदीको धौरीटप्पुमा जंगली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।

३/४ वटाको समूहमा आएका हात्तीले घरमै सुतिरहेका ३५ वर्षीय रामकुमार सार्कीलाई उठाएर ५० मिटर पर लगि च्यापेर मारेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख नविन कुमार सिंहले बताए ।

हात्तीले बिहान ३ बजे घरको टाटी फोरेर सुतिरहेका सार्कीलाई च्यापेर लगेको उनले जानकारी दिए ।

हात्तीको समूह कोसी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट आएको प्रहरीले जनाएको छ ।