३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


दक्षिण कोरियाको एक गोदाममा आगलागी, ३६ जनाको मृत्यु, १० जना घाइते


0
Shares

काठमाडौं, बैशाख १७ । दक्षिण कोरियाको एक गोदाममा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ ।

र्दिक्षण कोरियाको इचिवन शहरमा निर्माणाधीन अवस्थामा रहेको गोदाममा भएको आगलागीमा १० जना घाइते भएका छन् ।

आगलागी नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरुले ५ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । सो गोदाममा ७८ जना कामदारहरु रहेको बुझिएको छ ।

यसैबीच प्रधानमन्त्री चुंग सिए क्युनले देशमा आपतकालीन घोषणा गर्नुभएको छ । आगलागीका कारण गोदाम पूर्ण रुपमा ध्वस्त भएको छ ।

घाइेतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । (एजेन्सी)