२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


नुवाकोटमा ११ वटा प्रहरीचौकी पुनर्निर्माण


0
Shares

नुवाकोट, साउन ३० । २०७२ सालमा गएको शक्तिशाली भूकम्पमा भत्किएका नुवाकोटका ११ वटा प्रहरी चौकीको पुनर्निर्माण गरिएको छ ।

भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत एकैपटक ११ वटा प्रहरी चौकीको पुनर्निर्माण गरिएको हो । विदुर नगरपालिका–४ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय र विदुर प्रहरी पोष्टको पनि एकै पटक पुनर्निर्माण गरिएको छ ।

निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको छ ।

यसका साथै जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा प्रहरी ब्यारेक, कुमरी, समुन्द्रटार, सिक्रे, ढिकुरे, फिकुरी, पाटीभञ्ज्याङ, ककनी र तारुकामा प्रहरी कार्यालय भवन निर्माण भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोट प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।