
कपिलवस्तु, साउन ३० । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व कपिलवस्तुमा भने आजै मनाइएको छ ।
तिथिका हिसावमा आज पनि पञ्चमी परेको भन्दै कपिलवस्तुवासीले नागपञ्चमी पर्व मनाएका हुन् ।
काठमाडौंलगायत अन्य जिल्लामा भने नागपञ्चमी भोलि मनाईंदै छ ।
कपिलवस्तुका शिव मन्दिरहरुमा पूजा अर्चना गरेर नागलाई दूध चढाउँदै घरघरको मूल ढोकामा नाग देवताको फोटो टाँसी नाग पञ्चमी पर्व मनाइएको हो ।
प्रतिक्रिया दिनुहोस्