कैलाली एमालेका अध्यक्ष थापालाई पदबाट हटाइयो « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


कैलाली एमालेका अध्यक्ष थापालाई पदबाट हटाइयो


1.872k
Shares

कैलाली । नेकपा (एमाले) कैलालीका अध्यक्ष रतन थापालाई पदबाट हटाइएको छ ।

प्रदेश कमिटी बैठकले रतन थापालाई अध्यक्षबाट हटाउने निर्णय गरेको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिनुभयो ।

उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकिएको र साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णयसमेत भएको छ ।

जिल्ला कमिटी सचिवालय बैठकले चुनावमा अन्तर्घात गरेको ठहरसहित अध्यक्ष थापालाई अनुशासनको कारबाहीका लागि सिफारिस गरेको थियो ।