
काठमाडौं, बैशाख १७ । विदेशमा करिब १२ सय नेपाली कोरोना संक्रमित भएको तथ्याक बाहिर आइरहेका बेला बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित देखिएका छन् ।
यस अघि ४९ जना संक्रमित रहेकोमा ७७ जना नयाँ थपिएसंगै संक्रमित नेपालीको संख्या १ सय २६ पुगेको हो ।
बहराइनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । बहराइनमा हिजोसम्म एक लाख २१ हजार २६० जनामा कोरोना संक्रमण परीक्षण गरिएको छ ।
संक्रमितहरुको संख्या १५ सय ५६ जना रहेकोमा दुई जना गम्भिर अवस्थामा रहेको दूतावासले बताएको छ ।
संक्रमणबाट निको भई एक हजार २४६ डिस्चार्ज भएका छन् । साथै मृतकको संख्या आठ पुगेको छ । कोरोनाको संक्रमणबाट बच्न बहराइन सरकारबाट जारी भएका निर्देशनहरु पूर्ण रुपमा पालना गर्न नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्