१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


भेरी–बबई बहुउद्देश्यीय आयोजनाको काम सुचारु


0
Shares

सुर्खेत, वैशाख १७ । सुर्खेतमा भेरी–बबई बहुउद्देश्यीय आयोजनाको काम सुचारु गरिएको छ ।

भेरीगंगा नगरपालिकाको चिप्लेमा रहेको आयोजनाको ड्याम निर्माण, सुरुङमार्गमा फिनिसिङ गर्नेजस्ता कामलाई निरन्तरता दिइएको छ ।

आयोजनामा दोस्रो प्याकेजअन्तर्गत् बाँध र विद्युतगृह निर्माणको ठेक्का पाएको रमण ग्वाङ्डोङ जेभीले कफर ड्यामसँगै क्याम्प निर्माणको काम गरिरहेको छ ।

करिब ८० जना कामदार निर्माणमा संलग्न छन् ।

‘लकडाउन’का कारण कच्चापदार्थको अभाव हुन नदिन स्थानीय प्रशासनसँगको सहकार्यमा आपूर्ति भइरहेको आयोजनाका सूचना अधिकारी कृष्ण उपाध्यायले बताए ।

भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियाका ५२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र ४८ मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित आयोजना सुरु गरिएको हो ।