५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


बागमती प्रदेश सभाको बैठक बस्दै


65
Shares

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज मंगलबार बस्दैछ ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल सुरू भएको जनाएको हो ।

बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए भने प्रतिपक्षले सरकारले चुनावलक्षित असन्तुलित बजेट ल्याएको भन्दै विरोध गरेका थिए ।