१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


नवलपुरमा कार्यरत पाँचसय बढी भारतीय मजदुर अलपत्र


0
Shares

नवलपुर । नवलपुरमा विभिन्न इट्टा उद्योगहरुमा कार्यरत पाँच सय बढी भारतीय मजदुरहरु अलपत्र परेका छन् ।

लकडाउनका कारण कच्चा पदार्थ कोइलाको अभावका कारण उद्योग बन्द हुदा उनीहरु अलपत्र परेका हुन् ।

उत्पादन बन्द भएसँगै भारतीय मजदुरहरु घर जान समेत पाएका छैनन् ।

उनीहरुलाई विगत एक महिनादेखि आफुहरुले खानाको व्यवस्था गरेको इट्टा व्यवसायी संघ नवलपुरका सचिव कृष्ण गौतमले बताए ।