
काठमाडौं, बैशाख १६ । भारतले चीनबाट कोरोना भाइरसको परीक्षणका लागि टेस्टिङ्ग किट मगाउने निर्णय खारेज गरेको छ ।
भारतले चीनबाट पाँच लाख किट ल्याउनका लागि अनुरोध गरेको थियो । तर किटको गुणस्तरमा प्रश्न गर्दै भारतले अडर रद्द गरेको हो ।
यसैबीच भारतको केन्द्र सरकारले विभिन्न राज्यमा पठाएका किट पनि फिर्ता मगाएको छ ।
यसरी फिर्ता मगाइएकामा संक्रमितको शरीरमा रहेको एन्टिबडी पत्ता लगाउने किटहरु पनि रहेका छन् ।
र्यापीड टेस्टिङ किटको नतिजामा वैज्ञानिकले यसको प्रयोगप्रति प्रश्न गर्ने गरेका छन् ।
भारतले चिनियाँ किटको प्रभावकारितामा नै प्रश्न गरे पनि चीनले भने त्यसलाई खारेज गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्