काठमाडौं, वैशाख १६ । राष्ट्रिय योजना आयोगले आगामी बजेट रोजगारी सिर्जना गर्नेगरी तर्जुमा गर्न मन्त्रालयहरुलाई सुझाव दिएको छ ।
आयोगले कोरोनाभाइरसले प्रभाव पारेको क्षेत्रलाई पुनःजागरण गर्नेगरी कार्यक्रम ल्याउन विभिन्न मन्त्रालयलाई सुझाव दिएको हो ।
त्यसैगरी, सामाजिक, आर्थिक तथा सुशासनका क्षेत्रमा परेको प्रभावका विषयमा अध्ययन गरी रोजगारी सिर्जना गर्ने महत्वपूर्ण कार्यक्रममात्रै बजेटमा समावेश गर्न आयोगको सुझाव छ ।
आगामी बजेटमा स्वास्थ्य, पूर्वाधार, शैक्षिक र सेवामूलक क्षेत्रमा लगानी बढाउने आयोगको तयारी छ ।
कृषि क्षेत्रलाई रोजगारीसँग जोड्दै ग्रामीण कृषि अर्थतन्त्र पुनर्जीवित गराउन रोजगारी सिर्जनाका लागि लगानी बढाइने आयोगका प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिए ।
प्रवक्ता शाहीले दुईदेखि तीन चरणमा गरी राहतको प्याकेज ल्याउने जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्