३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


धादिङमा टिपर दुर्घटना, एकजनाको मृत्यु


0
Shares

धादिङ, बैशाख १६ । धादिङको धुनबेसी नगरपालिका–९ मा मंगलबार टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  ।

दुर्घटनामा धुनीबेँसी नगरपालिका–९ का ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

नगरपालिकाको कच्ची बाटोमा बा५ख ६७७५ नंको टिपर सडकबाट ५० मिटर तल खसेको थियो । रासस