३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


तनहुँमा गण्डकी र वाग्मतीबाट आउने तरकारीलाई प्रवेश दिने निर्णय


0
Shares

तनहुँ, वैशाख १६ । तनहुँमा तरकारी अभाव भएपछि बाहिरी जिल्लाबाट आउने तरकारीलाई खुला गरिएको छ ।

तनहुँमा मंगलबार बसेको सर्वपक्षीय बैठकको निर्णयले गण्डकी र वाग्मती प्रदेशबाट आउने तरकारीलाई प्रवेश गर्न दिने निर्णय गरेको हो ।

बाहिरी जिल्लाबाट आउने तरकारीजन्य वस्तुमा कोरोना संक्रमण फैलन सक्ने भन्दै केही दिनअगाडिदेखि बाहिरी जिल्लाबाट आउने तरकारीमा रोक लगाइएको थियो ।

जिल्लाका बजारहरुमा तरकारी आपूर्तिमा कमी देखिएको र उपभोक्ताले तरकारीको अभाव भएको गुनासो गरेपछि दुईओटा प्रदेशबाट आउने तरकारीलाई प्रवेश दिने निर्णय गरिएको हो ।