Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


डडेल्धुरामा ‘लकडाउन’ फितलो


0
Shares

डडेल्धुरा, वैशाख १६ । कोरोनाको संक्रमण नियन्त्रणका लागि लगाइएको ‘लकडाउन’ डडेल्धुरामा फितलो देखिएको छ ।

सुरक्षाकर्मी परिचालन गरी लकडाउन कडा बनाउने तयारी गरिएपनि नागरिकस्तरबाट लकडाउन पालना गरिएको छैन ।

डडेल्धुरा पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।

सदरमुकामको मुख्य बजार बागबजारमा लकडाउनको बेवास्ता गर्दै आमनागरिकहरुको चहलपहल बढ्दा कोरोना संक्रमणको जोखिमसमेत बढेको छ ।

जिल्ला प्रशासनले सहजै ‘पास’ दिन थालेपछि यातायात आवागमन बढ्नुका साथै घरभित्र रहेका सर्वसाधारण पनि बाहिर निस्कन थालेका छन् ।