दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज)
काठमाडौं, वैशाख १६ । अत्यावश्यकबाहेक सवारी–साधन चल्न रोक लगाएपनि ‘लकडाउन’ उल्लंघन गर्नेहरुको संख्या बढ्दै गएको छ ।
त्यसैले प्रहरीले चेकजाँचमा कडाइसँगै सवारी–साधन नियन्त्रणमा लिन थालेको छ ।
कोरोनाको विश्वव्यापी महामारी बढेसँगै नेपालमा पनि सरकारले जारी गरेको लकडाउन ३६ दिनदेखि कायमै छ ।
अतिआवश्यकबाहेकका सवारी–साधन र सर्वसाधारणलाई आवागमनमा रोक लगाइएको छ ।
पछिल्लोपटक वैशाख २५ गतेसम्म थपिएको लकडाउन कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।
लकडाउन केही खुकुलो हुनसक्ने भन्दै सर्वसाधारणको गतिविधि बढ्न थालेपछि प्रहरीले लकडाउनलाई थप कडा बनाएको हो ।
गृह मन्त्रालयको निर्देशनअनुसार सुरक्षा चेकजाँचमा कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठ बताउँछन् ।
काठमाडौं उपत्यकामा सवारी–साधन ‘चेकिङ’मा कडा पारेसँगै मंगलबार बिहानै झन्डै ७०० सवारी–साधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।
सडक खाली भएकाले तीव्रगतिमा गाडी दौडने तथा चेक गर्न कठिन हुने भएपछि गाडी गुड्ने भागलाई नियन्त्रित गरिएको छ ।
त्यही नियन्त्रित भागमा गाडीको गति कम गराएर सुरक्षाकर्मीले गुडेका सवारीको ‘पास’ पूरै परीक्षण गरेरमात्र छाडिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्