२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


नारामा महिला–पुरुष समान, ज्यालामा भने विभेद (भिडियो)


0
Shares

डीबी विष्ट

बझाङ, साउन ३० । महिला र पुरुष समान भन्दै नारा लगाउन थालेको वर्षौँ भइसके पनि व्यवहारिक रुपमा भने त्यस्तो देखिएको छैन । बझाङमा भइरहेको सडक निर्माण कार्यमा महिला र पुरुषको ज्यालामा विभेद देखिएको हो ।

एउटै काम, समय पनि उत्तिकै तर ज्यालामा भने विभेद हुँदा महिला निराश बन्न बाध्य छन् । त्यस्तै पुरुषहरुको ज्याला पनि कानुनी प्रावधानभन्दा निकै कम दिएको पाइएको छ ।

बझाङको चैनपुरदेखि ताक्लाकोटसम्मको सडक निर्माण भइरहेको छ, जहाँ महिला र पुरुष सडक निर्माणका लागि खटिएका छन् । तर यहाँको अवस्था विभेदपूर्ण र अन्यायपूर्ण देखिएको छ ।

सरकारको राष्ट्रिय योजनाअन्तर्गतको सडकको यो खण्डमा एउटै समयमा एउटै काम महिला र पुरुषले काम गरेका छन् । तर महिला भएकै कारण ज्यालामा विभेद गरिएको छ । उसो त पुरुषलाई दिने ज्याला पनि मापदण्डभन्दा कम नै छ । पुरुषले जत्तिकै काम गरेपनि महिलालाई भने एकदिनको ज्याला ४ सयमात्र दिएको तर पुरुषलाई भने ५ सय रुपैयाँ दिएको महिला मजदूरको गुनासो छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्