३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


उत्तर कोरियाली नेता किम जिवितै रहेको दक्षिण कोरियाको दावी, शल्यक्रियापछि आराम गरिरहेको भनाइ


0
Shares

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवीतै रहेको दक्षिण कोरियाले जनाएको छ ।

उत्तर कोरियाका नेता किम बिरामी रहेका बेला मृत्यु भएको भन्ने विभिन्न समाचार आइरहेका बेला दक्षिण कोरियाका एक जना उच्च सुरक्षा सल्लाहकारले उनी जिवितै रहेको दावी गरेका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले किम जिवितै रहेको पुष्टि गरेका हुन् ।

उनले अमेरिकी टेलिभिजन सिएनएनसँगको अन्तर्वार्ताका क्रममा सो जानकारी दिएको बताइएको छ ।

उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको जानकरी उनले बताएका छन् ।

यही अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा किम उपस्थित नभएपछि उनी गम्भीर विरामी रहेको र केहीले निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए ।

त्यसदिन नेता किमका हजुरबुबा किम इल सुङको जन्मदिनको अवसरमा उत्तर कोरियामा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

किम इल सुङ उत्तर कोरियाका संस्थापक हुन् । गएको सोमबार दक्षिण कोरियाकै एक दैनिक पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो ।