
काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन अनुसार ७५३ वटै स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्नेमा ७०२ स्थानीय सरकारले मात्र ल्याएका छन् ।
६ वटै महानगरपालिका, ११ उपमहानगरपालिका लगायत २६७ नगरपालिका र ४३५ गाउँपालिकाले शुक्रबार बजेट सार्वजनिक गरेका छन् ।
नेपाल नगरपालिका संघका अनुसार महानगर तथा उपमहानगरलगायत २९३ नगरपालिकामध्ये २६७ ले शुक्रबार स्थानीय सरकार सञ्चालन ऐन अनुसार बजेट ल्याएका हुन् ।
यस्तै गाउँपालिका राष्ट्रिय महासंघका अनुसार असार १० गतेसम्ममा ४६० गाउँपालिकामध्ये ४३५ गाउँपालिकाले बजेट ल्याएका छन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्