फोहोर वर्गीकरण नगरे साउन १ देखि ५ सय जरिवाना « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


फोहोर वर्गीकरण नगरे साउन १ देखि ५ सय जरिवाना


221
Shares

काठमाडौं । काठमाडौंबासीले आगामी साउन १ गतेदेखि फोहोर वर्गीकरण नगरी फोहोर विसर्जन गरे ५ सय रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्याउन महानगरबासीलाई आग्रह गर्दै त्यसो नगरे कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ ।

कामपाले साउनदेखि नियमित अनुगमन गर्ने जानकारी दिँदै कामपा वातावरण विभाग प्रमुख सरिता राईले भन्नुभयो, ‘हामीले घरबाट निस्कने फोहोर सवारी साधनमा लोड गर्दादेखि नै अनुगमन गर्नेछौं । अटेर गरे ठाउँको ठाउँमा कारबाही गर्नेछौं ।’

सरकारले जारी गरेको फोहोर मैला व्यवस्थापन ऐन २०६८ र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनको व्यवस्था साउन १ गतेबाट कार्यान्वयन गराउन सबैलाई आग्रह गरेको विभागले जनाएको छ ।यसअघि पटकपटक यस्तो व्यवस्था गर्दा महानगरवासीले अटेर गर्दै आएका थिए । मेयर बालेन्द्र साहले कार्यभार सम्हाल्नासाथ यो व्यवस्थालाई कडाईका साथ पालना गर्न विभागलाई आग्रह गर्नुभएको छ । घरघरबाट फोहोरमैला उठाउनेलाई कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै भाडा प्रयोग गर्न आग्रह गरिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।