
फिदिम, साउन ३० । पाँचथरको फिदिममा किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको मूर्ति निर्माण गर्न थालिएको छ ।
पर्यटक प्रवर्द्धन तथा किरात धर्मावलम्बीलाई लक्षित गरेर फिदिम नगरपालिका–१ स्थित शनिबारे छेउमा फाल्गुनन्दको मूर्ति निर्माण गर्न लागिएको हो । फिदिम नगरपालिकाको १० लाख रुपैयाँको लागत तथा किराँत धर्मालम्वीको जनश्रमदान जुटाएर मूर्ति निर्माण गर्न थालिएको उपभोक्ता समितिका सचिव अर्जुन फागोले जानकारी दिए ।
मूर्ति निर्माणले पाँचथरका किराँत धर्मावलम्बीको आस्थाको सम्मान हुने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए ।
उनले मूर्ति निर्माणका लागि आर्थिक वर्ष २०७४/७५ मा ५ लाख र चालू आर्थिक वर्ष २०७५/७६ मा ५ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
मूर्ति निर्माणको काम करिब ३० प्रतिशत सकिएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्