थप २७ जनामा कोरोना पुष्टि « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


थप २७ जनामा कोरोना पुष्टि


130
Shares

काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१ हजार ८ सय २ जनामा गरिएको परीक्षणमा २७ जनामा भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर कोरोना संक्रमितको संख्या ११ लाख १९ हजार ९ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ जना संक्रमणमुक्त हुँदा ५६ हजार ६ सय ८८ जनाले खोप लगाएका छन् । सो समयमा कसैको पनि कोरोनाका कारण मृत्यु भएको छैन ।

देशभर १ सय ८८ जना सक्रिय संक्रमित छन् ।