
एजेन्सी । युरोपेली फुटबल महासंघ (यूईएफए) ले कोरोना भाइरसले प्रभावित आफ्ना सदस्य राष्ट्रहरुलाई आर्थिक सहयोग गर्ने भएको छ ।
यूईएफएले आफूसँग आबद्ध ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
यूईएफएले आफ्ना सदस्य राष्ट्रलाई सहयोग गर्न २३६ दशमलव ५ मिलियन युरो निकासा गरेको जनाएको छ । यूईएफएको घोषणासँगै ५५ राष्ट्रले ४ दशमलव ३ मिलियन युरो पाउने पाउने छन् ।
कोरोनाको महामारीपछि फुटबलमा आएको चुनौतीलाई सामना गर्न यस सहयोगले मद्दत पुग्ने यूईएफएले जनाएको छ ।
कोरोनाको कारण युरोपियन लिग ठप्प रहेको छ । नेदरल्यान्ड्सको डच लिग भने रद्द भईसकेको छ ।
यसअघि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि कोरोना भाइरसबाट प्रभावित आफ्ना सदस्य राष्ट्रका लागि आर्थिक सहयोगको घोषणा गरिसकेको छ ।
फिफाले हरेक सदस्य राष्ट्रलाई ५ लाख अमेरिकी डलर दिने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्