
काठमाडौं, साउन ३० । गएरातिको वर्षाले राजधानीका विभिन्न नदीमा पानीको सतह बढ्दा केही क्षेत्र डुबानमा परेको छ ।
विष्णुमति, धोवीखोला, बागमतीमा सतर्कता तहभन्दा माथि बहाव पुगेको छ ।
केही स्थान डुबानमा परेका कारण गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले बागमती, विष्णुमति, धोवी खोला लगायत राजधानीभित्रका नदी किनारका होचा स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।
बागमती नदीमा आएको बाढीले सिनामंगलस्थित नदी किनारमा रहेको सुकुम्बासी बस्ती प्रभावित भएको छ । बस्तीका केही घर डुबानमा परेका छन् भने केही घर कटानको जोखिममा छन् ।
बाढीले घर जोखिममा परेको भन्दै बिहानैदेखि केही परिवारले आफ्नो घरका सामान सडकमा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्