
काठमाडौं, वैशाख १५ । एसियाली राष्ट्रहरुमा चीन र भारतपछि कोरोना संक्रमित बढी हुने मुलुकमा सिंगापुर परेको छ ।
५० लाख जनसंख्या भएको सिंगापुरमा पछिल्लो समय १५ हजार ४०० भन्दा बढी कोरोना संक्रमित भएका छन् ।
कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि दिनमा हजारभन्दा बढीको कोरोना परीक्षण गर्ने गरिएकोमा दिनमा कम्तीमा पनि ५० जनामा कोरोना संक्रमण देखिएको सिंगापुर सरकारले जनाएको छ ।
सिंगापुरमा प्रवासी मजदुरबाट कोरोना संक्रमण फैलिएपछि प्रवासी मजदुरहरुमा पनि परीक्षण गर्ने काम तीव्रगतिमा अघि बढिरहेको जनाइएको छ ।
यसैबीच, सिंगापुरका प्रधानमन्त्री ली सीन लुंगले राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना परीक्षण विधिलाई तीव्रता दिने बताएका छन् ।
सिंगापुरमा आइतबार एकैदिन ९३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोनाका कारण १२ जनाको मात्रै मृत्यु भएपनि संक्रमितको संख्या भने बढ्दै गएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्