काठमाडौं, वैशाख १५ । ‘लकडाउन’को अवधि बढ्दै जाँदा अप्ठेरोमा परेका विपन्न वर्गका मानिसहरुलाई चन्द्रागिरि नगरपालिकाले विशेष कार्यक्रम अघि सारेको छ ।
दैनिक ज्यालादारी गर्ने र कम आयस्रोत हुनेहरु प्रभावित बनेपछि स्वयंसेवक र प्रहरीको सहयोगमा नगरपालिकाले राहत कार्यक्रमलाई तीव्रता दिएको हो ।
हालसम्म झन्डै १२ हजार परिवारलाई राहत उपलब्ध गराइसकिएको नगरपालिकाले दाबी गरेको छ ।
यसैगरी, लकडाउनलाई लागू गराउने अभियान पनि चलाइएको पनि नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्